
काठमाडौं, भदौ २८ । मंगलबार सुनको मूल्य सामान्य दरले ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले कमी आएर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलमा १ सय रुपैयाँले नै उकालो लागेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्यपनि तोलामा १० रुपैयाँले कमी आएर ८ सय ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्