
काठमाडौं, भदौ २९ । ‘गोरेटो अनी उस्तै छ गल्ली’ ‘बिहानीमा अनि साँझमा’लगयत चर्चित गीतका गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ ।
संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टका रुपमा परिचित बर्देवा जन्डिसबाट पीडित थिए ।
उनले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
दर्जनौं चर्चित गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए । तर उनी गायन र संगीतबाट चिनिएका थिए ।
शास्त्रीय सांगीतिक ‘मेट्रिक्स’ब्यान्डमा पनि सक्रिय उनी नयाँ एल्बमको तयारीमा थिए ।
काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ । छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छन् ।
बुधबार बिहान प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रद्धान्जलीका लागि बर्देवाको शव राखिने छ ।
प्रतिक्रिया दिनुहोस्