
काठमाडौं, चैत २६ । दोलखामा भूकम्पीय धक्का महसुस गरिएको छ ।
मंगलबार दिउँसो १ बजेर ५ मिनेटमा दोलखाको चाँखु आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको पराकम्पन आएको हो ।
यो नयाँ भूकम्प नभइ शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, यही चैत ४ गते मकवानपुर केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।
यस्तै, यही चैत १८ गते दैलेख केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडकै नयाँ भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रले ४ म्याग्निच्यूडदेखिमाथिका भूकम्पीय धक्काको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्