२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


डा. रेणु अधिकारीद्वारा आयोगमा बस्न अस्वीकार


0
Shares

काठमाडौं । मानव अधिकारकर्मी डा.रेणु अधिकारीले प्रदेश ३ को योजना आयोग सदस्य पदमा नबस्ने भन्दै अस्वीकार गरेकी छन् ।

अधिकारीले व्यक्तिगत कारण देखाउँदै प्रदेश सरकारद्वारा नियुक्तिका लागि गरेको प्रस्ताव  अस्वीकार गरेकी हुन् ।

आफू अरु नै काममा व्यस्त रहनुपर्ने भन्दै अधिकारीले प्रदेश सरकारलाई यसको जानकारी गराएको जानकारी दिएकी छिन् ।

प्रदेश ३ को सरकारले गत साता मात्र अधिकारीलाई योजना आयोगको सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।

आफ्नो योगदानको मूल्यांकन गरेर प्रदेश सरकारले योजना आयोगको जिम्मेवारी दिए पनि आफू व्यक्तिगत कारणले पद स्वीकार गर्न असमर्थ रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गराएकी हुन् ।

‘जिम्मेवारीको लायक सम्झेर मनोनित गर्ने प्रदेश सरकारप्रति आभारी छु । एक अधिकारकर्मीलाई उसले लिएको मुद्दालाई योजनामा समावेश गरेर अघि बढाउने मौका पाउनुलाई मैले गर्वका साथ लिएको छु । तर, मेरो आफ्नै कारणले यो पद लिन नसक्ने प्रदेश सरकालाई जानकारी गराउन बाध्य भएकी छु ।’ डा अधिकारीले भनेकी छिन् ।