
काठमाडौं, भदौ २९ । बुधबार शेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ओरालो लागेर १८ सय १५ मा आएर थामियो ।
कारोबार भएकामध्ये बढिजसो समूह ऋणात्मक रहेसँगै नेप्से झरेको हो । अन्य, जलविद्युत्, विकास बैंक, वाणिज्य बैंक र वित्त समूह ऋणात्मक रहे ।
बीमा, होटल र उत्पादनमूलक समूह भने उकालो लागे । बीमा समूह ९० अंकले उकालो लाग्यो भने होटल समूहमा ४० अंकको बृद्धि आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको १६ लाख ६४ हजार कित्ता शेयर १ अर्ब ३८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्