२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रधानमन्त्रीको भारत भ्रमणः निजी क्षेत्रको के छ अपेक्षा ?


0
Shares

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालको विहीबारदेखि हुने भारत भ्रमणले दुई छिमेकीमुलुकबीचको सम्बन्ध सुधारमा थप सहयोग पुग्ने र भारतीय लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रले गरेको छ ।

प्रधानमन्त्रीको भ्रमणले तत्कालभन्दा पनि दीर्घकालीनरुपमा सकारात्मक प्रभाव पर्ने अपेक्षा निजी क्षेत्रको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भ्रमणकाक्रममा आर्थिक एजेन्डाको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

उनले भारतसँग भएको विद्युत् खरिद सम्झौता (पीटीए)मा रहेको नोडल एजेन्सीसम्बन्धी व्यवस्था खारेजी गर्नुपर्ने सुझाव निजी क्षेत्रले प्रधानमन्त्रीलाई दिएको बुधबार हामीसँग बताए ।

पीटीएमा नोडल एजेन्सी खुला गर्नुपर्ने र त्यसले उर्जा खरिद–बिक्रीमा सकारात्मक प्रभाव पार्ने भनाइ उनको छ ।

भ्रमणकाक्रममा प्रधानमन्त्रीले भारतीय उद्योगी–व्यवसायीहरुसँग छलफल गर्ने र लगानीका लागि आह्वान गर्ने कार्यक्रम छ ।

भ्रमणमाक्रममा नेपाली निजी क्षेत्र र भारतीय निजी क्षेत्रबीच कुनैपनि आयोजना अगाडि बढाउने विषयमा भने कुनै सम्झौता गर्ने तय नभएको बताइएको छ ।