चामलको मूल्य चार पटक घटायो संस्थानले तर विक्री भएन • Image Khabar Image Khabar


चामलको मूल्य चार पटक घटायो संस्थानले तर विक्री भएन


Imagekhabar
३० भाद्र २०७३, बिहीबार १८:२५

चामलको मूल्य चार पटक घटायो संस्थानले तर विक्री भएन

ताप्लेजुङ, भदौ ३० । ताप्लेजुङमा खाद्य संस्थानले बेच्दै आएको चामलको मूल्य चार पटकसम्म घटाउँदा पनि बिक्री हुन सकिरहेको छैन् ।

चामल नबिक्दा गोदाममै थन्किएको हो । डेढ वर्षअघि ढुवानी भएको चामलको मूल्य चार पटकसम्म घटाएर सस्तोमा बिक्री गर्न खोजिए पनि नबिकेको खाद्य संस्थान ताप्लेजुङका प्रमुख ललितकुमार यादवले बताए ।

आर्थिक वर्ष २०७१/७२ मा ढुवानी गरिएको १ हजार ९ सय ९३ क्वीन्टल चामलमा अझै एक हजार क्वीन्टलभन्दा बढी बिक्री हुन सकेको छैन ।

अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल नै नबिकेपछि गत आर्थिक वर्षमा चामल ढुवानी नगरिएको यादवले जानकारी दिए ।

सुरुमा प्रतिकेजी ४३ रुपैयाँमा बेचिएको चामल अहिले ३५ रुपैयाँमा पनि बिक्री हुन छाडेको हो ।

चामल उपभोग गर्नयोग्य रहेको कार्यालयको जनाएको छ । संस्थान आफैंले धान खरिद गरी कुटाएको चामल भएकाले सर्वसाधारणलाई चामल किनिदिन संस्थानले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्