ताप्लेजुङ, भदौ ३० । ताप्लेजुङमा खाद्य संस्थानले बेच्दै आएको चामलको मूल्य चार पटकसम्म घटाउँदा पनि बिक्री हुन सकिरहेको छैन् ।
चामल नबिक्दा गोदाममै थन्किएको हो । डेढ वर्षअघि ढुवानी भएको चामलको मूल्य चार पटकसम्म घटाएर सस्तोमा बिक्री गर्न खोजिए पनि नबिकेको खाद्य संस्थान ताप्लेजुङका प्रमुख ललितकुमार यादवले बताए ।
आर्थिक वर्ष २०७१/७२ मा ढुवानी गरिएको १ हजार ९ सय ९३ क्वीन्टल चामलमा अझै एक हजार क्वीन्टलभन्दा बढी बिक्री हुन सकेको छैन ।
अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल नै नबिकेपछि गत आर्थिक वर्षमा चामल ढुवानी नगरिएको यादवले जानकारी दिए ।
सुरुमा प्रतिकेजी ४३ रुपैयाँमा बेचिएको चामल अहिले ३५ रुपैयाँमा पनि बिक्री हुन छाडेको हो ।
चामल उपभोग गर्नयोग्य रहेको कार्यालयको जनाएको छ । संस्थान आफैंले धान खरिद गरी कुटाएको चामल भएकाले सर्वसाधारणलाई चामल किनिदिन संस्थानले आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्