Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


मलेसियामा कामदार पठाउन किन रोकियो ?


0
Shares

                                                            फाइल फोटो

काठमाडौं, भदौ ३० । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्कालका लागि मलेसियामा कामदार नलैजाने भएको छ ।

विभिन्न सेवा शुल्कको नाममा केही संस्थाले रोजगारीमा जाने कामदारलाई आर्थिक भारपर्ने गरी सेवा शुल्क बढाएको विरोधमा संघले विहीबारदेखि मलेसियामा कामदार पठाउन स्थगित गरेको हो ।

संघका महासचिव रोहन गुरुङले विभिन्न सेवा शूल्कको नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म मलेसियामा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाइएको बताए ।

वान स्टेप सेन्टर (ओएससी) नामकको संस्थाले कामदारको राहदानी लिएर प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाएबापत विहीबारदेखि नै लागू हुने गरी दुई हजार आठ सय रुपैयाँ अतिरिक्त शुल्क कामदारबाट उठाउन थालेको उनले जानकारी दिए ।

यस्तै, इमिग्रेसन सेक्युरिटी सिस्टमले ‘फिंगर प्रिन्ट’का लागि ३२ सय रुपैयाँ लिएको, मेडिकल गर्नुपूर्व ‘माइग्राम्स’ गर्न ३० डलर शुल्क कामदारले तिर्नुपर्नेमा ४५ सय पुर्‍याइएको पनि जनाइएको छ ।

यसले मलेसिया जाने कामदारले अतिरिक्त १८ हजार रुपैयाँ बढी शुल्क तिर्नुपर्ने भएकाले त्यसको विरोधमा राहदानी संकलन बन्द गरिएको गुरुङले बताए ।

सरकारको स्वीकृतिबिना कामदारबाट अनावश्यक शुल्क लिइएको भन्दै यो नहटाएसम्म मलेसिया कामदार नपठाउने संघले जनाएको छ ।