२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


हावाहुरीले भत्काएका संरचना निर्माणको काम चाँडै सुरु गर्छौंः प्रधानसेनापति


0
Shares

बीरगन्ज । प्रधानसेनापति पूर्णचन्द्र थापाले बारा र पर्सामा हावाहुरीले भत्काएका संरचना निर्माणको काम चाँडै सुरु गरिने बताएका छन् ।

हावाहुरीबाट अति प्रभावित बाराको भलुही भरवलिया, पुरैनिया र चैनपुरको हिजो स्थलगत निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानसेनापति थापाले सरकारले आँधीहुरीबाट प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको भन्दै नीतिगत निर्देशन आउने वित्तिकै काम सुरु गरिने बताएका हुन ।

प्रधानसेनापति थापाले आँधीहुरीबाट सबै भन्दावढी प्रभावित क्षेत्रको निरीक्षण तथा ताजा अवस्थाको बारेमा जानकारी लिएका थिए ।

त्यस क्रममा प्रभावितहरुले तत्काल आवास निर्माण गरिदिन आग्रह गरेका थिए ।