काठमाडौं । वेष्टह्याम युनाईटेडलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्यो । चेल्सीका लागि दुबै गोल बेल्जियन खेलाडी एडिन हाजार्डले गरे ।
जितसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
समान खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ ।
चौथो स्थानको टोटनह्याम हट्सपरको ६४ अंक छ भने ६३ अंकका साथ आर्सनल पाँचौ स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्