३० असार २०८२, सोमबार | Tue Jul 15 2025


लिबिया संकट : भारतीय सुरक्षाकर्मीले मैदान छाडेपछि सुरक्षाको जिम्मेवारी नेपाली सेनाको काँधमा


0
Shares

लिबिया, चैत २६ । अफ्रिकी मुलुक लिबियामा संयुक्त राष्ट्रसंघले शान्तिका लागि गरेको पछिल्लो प्रयास विफल भएपछि द्वन्द्व चर्किँदै गएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’ ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले आफ्ना लडाकुलाई परिचालन गरेको छ ।

विद्रोही समूहले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहाँ तैनाथ भारतलगायतका मुलुकका शान्ति सैनिक त्यहाँबाट पलायन भएका छन् । भारतले शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।

अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ ।