
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी सेनाको रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंककारी संगठन घोषणा गरेका छन् ।
अमेरिकाले कुनै पनि देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको पहिलो पटक हो ।
अमेरिकाले आईआरजीसी र ऊ सँग सम्बन्ध भएको संस्थालाई आतंकवादको समर्थन गर्ने र मानवअधिकारको उल्लंघनको आरोप लगाउँदै आएको थियो ।
राष्ट्रपति ट्रम्पले विज्ञप्ति जारी गर्दै यसलाई ठूलो निर्णय भएको बताएका छन् ।
उनले इरानले केबल आतंकवादलाई प्रश्रय दिइरहेको र त्यसमा आईआरजीसी सक्रिय रुपमा सहभागी भएको दाबी गरेका छन् ।
ट्रम्पले अमेरिकी निर्णयले इरानलाई दबाब पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले आईआरजीसीसँग सम्बन्ध राख्नेहरुले आतंकवादको समर्थन गरेको ठहरिने चेतावनीसमेत दिएका छन् ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पियाले यसको प्रभाव देखिन एक हप्ताको समय लाग्ने बताएका छन् ।
उनले इरानले एक सामान्य देश जस्तै व्यवहार सुरु नगरेसम्म ऊमाथिको प्रतिबन्ध र दबाबको रणनीति जारी रहने बताए ।
सन् १९७९ मा इरानी क्रान्तिपछि सर्वोच्च नेता अयातुल्या खुमेनीले मुलुकमा रिभोल्युसनरी गार्डको गठन गरेका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्