
फाइल फोटो
काठमाडौं, भदौ ३१ । शनिबार (भोलि)देखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सन्चालन हुने भएको छ ।
नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्तरुपमा बिक्री कक्ष सन्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जानकारी गराए ।
उनकाअनुसार उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खुमा पनि बिक्री कक्ष राखिने भएको हो ।
शनिबारदेखि सुरु हुने बिक्री कक्ष छठपर्व (कात्तिक २१ गते)सम्म सन्चालन हुनेछ ।
ती कक्षमा खाद्य संस्थानका चामल १२ हजार ६०० क्विन्टल, गहुँ ५०० क्विन्टल, सिमी २०० क्विन्टल र फापर २०० क्विन्टल बिक्रीका लागि राखिने र प्रत्येक सामानमा प्रतिकेजी रु पाँच छुट दिइने प्रवक्ता कार्कीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्