४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


एमाले महासचिव पोखरेलले लगाए प्रधानमन्त्री दाहालमाथि गम्भीर आरोप


0
Shares

हरि शर्मा (इमेज)
नवलपरासी, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘भारतसँग कागज गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल तमसुक बोकेर नयाँदिल्ली पुगेको’ आरोप लगाएका छन् ।

शुक्रबार नवलपरासीमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘संविधान संशोधन र सीमा हेरफेरमा सुझाव लिन प्रधानमन्त्री दाहाल भारत गएको’ जिकिर गरे ।

‘चुनावमा जाँदा एमालेले सोझै जित्छ भन्ने त्रासले चुनाव टार्न खोजिएको’ भन्दै पोखरेलले अर्को खिलराज ल्याउने षडयन्त्र भइरहेको आरोपसमेत लगाए ।