
काठमाडौं, चैत २५ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनका लागि गृह मन्त्रालयले परिपत्र गर्नु नै कानुनविपरीत रहेको बताएका छन् ।
सोमबार हामीसित कुरा गर्दै उनले ‘नागरिकता ऐन संशोधनसम्बन्धी मुद्दा संसदमा विचाराधीन रहेका बेला गृहले परिपत्र गर्नु कानुनविपरीत भएकाले सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर गृहको निर्देशन रोकिदिएको हो’–भने ।
गृहको निर्देशनपछि बाँडिएका वंशज नागरिकता स्वतः रद्द हुने पनि न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्