
चितवन, असोज १ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बाघको आक्रमणमा परी पूर्वी चितवनको खैरहनी नगरपालिका–११ का ५२ वर्षीय हरि बर्तौलाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो घास काट्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका बर्तौला बेपत्ता भएका थिए ।
उनको खोजी गर्दा आज विहान अमृते पोष्ट नजिक शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्