विराटनगर, असोज १ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मधेसी दलले उठाएका माग सहमतिको आधारमा संविधान संशोधानमार्फत् पूरा गरिने बताएका छन् ।
शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भम्रणबाट फर्किएलगत्तै संविधान संशोधनको प्रक्रिया अघि बढाउने जानकारी दिए ।
उनले संविधान संशोधनका लागि नेकपा एमालेलाईसमेत सरकारले साथमा लिएर जाने जानकारी दिए ।
मन्त्री कार्कीले न्यूनतम् पारिश्रमिक निधारण समितिले तय गरेको पत्रकारहरुको न्यूनतम् पारिश्रमिक लागू गर्न सन्चारगृहहरुलाई आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्