२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


‘विमलेश्वरभजन तथा भक्ति ज्ञानमाला’ सार्वजनिक


0
Shares

काठमाडौं, असोज १ । वैदिकधर्ममा रहेका वैचारिक विविधतालाई समटेर लेखिएको पुस्तक ‘विमलेश्वरभजन तथा भक्ति ज्ञानमाला’ शनिबार लोकार्पण गरिएको छ ।

पुस्तकमा विभिन्न लेखकका विचारका साथै उपनिषद्का कथा र स्त्रोत तथा भजन समेटिएका छन् ।

राजधानीमा आयोजित एक समारोहमा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पुस्तकको लोकार्पण गरे ।

मन्त्री जोशीले यस्ता पुस्तकले वेद, पुराणमा पाइने वातावरण शिक्षाले वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पुस्तकका सम्पादक शिरीषबल्लभ प्रधानले वैदिकधर्ममा तर्क, शास्त्रार्थ, वादविवाद गर्ने प्रशस्त ठाउँ रहेको बताए ।

पुस्तकमा वैदिक धर्मसम्बन्धी ज्ञानखन्डका साथै वेद, उपनिषद्का संस्कृतका केही प्रसिद्ध भजनका साथै नेपाल र नेवारी भाषाका भजन पनि संकलित छन् ।