
काठमाडौं, असोज १ । आश्विन संक्रान्तिका दिन शनिबार देशभर विश्वकर्मा पूजा गरिएको छ ।
प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाकासाथ आफ्ना सवारी–साधन, कल–कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ ।
समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पान्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ ।
नयाँ सवारी–साधन किन्नेले विभिन्न शक्तिपीठमा गइ आफ्नो सवारी–साधन पूजा गर्ने भएकाले आज काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भीड लागेको थियो ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा–आराधना गर्ने चलन छ । विश्वकर्माको पूजा गर्नाले शान्ति र आफ्नो रक्षा हुने विश्वास छ ।
आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसकारुपमासमेत मनाउने गदर्छन् ।
प्रतिक्रिया दिनुहोस्