
डडेल्धुरा, असोज १ । सुदूरपश्चिम क्षेत्रमा शनिबार धुमधामकासाथ बन्ढुनीपर्व मनाइएको छ ।
सुदूरपश्चिमको प्रमुख पर्व गौराको बिदाइलगत्तै बन्ढुनीपर्व मनाउने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णलाई मार्न कंशले पठाएकी पुतना बुढीलाई गोठालाहरुले एक महिनासम्म बाँधेर राखी पोलेको पौराणिक कथासँग यो पर्व जोडिएको छ ।
यो पर्वमा काठको लिंगो ठड्याइ रुखका हांगा र पातले बेरेर पुतना बुढीको प्रतीककोरुपमा स्थापना गरिन्छ ।
पुतना बुढीको उक्त प्रतीकलाई एक महिनासम्म भूतप्रेतकोरुपमा घर, गोठमा राखी बन्ढुनी पोल्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्