काठमाडौं, असोज १ । यो साता शेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो ।
बजार परिसूचक नेप्से सामान्य दरले ऋणात्मक रहेपनि कारोबार भने अघिल्लो हप्ताको तुलनामा आधाजस्तो न्यून रहन गयो । दुई दिन सार्वजनिक बिदा परेकाले पनि कारोबार घट्न गएको हो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीहरुको ३ अर्ब ७५ करोड रुपैयाँ बराबरका ६४ लाख १७ हजार सेयरहरु खरिद–बिक्री भए । कारोबार रकम गत साताको भन्दा ५५.९७ प्रतिशत कम हो ।
गत साता १६३ कम्पनीहरुको ८ अर्ब ५२ करोड रुपैयाँ बराबरका एक अर्ब १६ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.६४ अंकले घटेर अन्तिम दिन १८१५.१७ अंक कायम हुन आएको छ ।
समूहगत परिसूचकअन्तर्गत् यो साता बीमा समूह सबैभन्दा उच्च १ सय ४० अंक बराबरले सकारात्मक रह्यो भने अन्य समूह सबैभन्दा उच्च १५ अंकले ऋणात्मक रह्यो ।
यो साता कारोबार रकमको आधारमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रह्यो ।
यसैगरी, मुक्तिनाथलाई विकास बैंकलाई सनराईज बैंक, नेपाल बंगलादेश बैंक, प्रभु इन्स्योरेन्स अनि एनआइसि बैंकले क्रमशः पच्याउन पुगे ।









प्रतिक्रिया दिनुहोस्