Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्रीले गरे भारतीय जलविद्युत् आयोजनाको अवलोकन, भने–‘सीप अनुशरण गर्नुपर्छ’


0
Shares

हरि लामिछाने (रासस)

नयाँदिल्ली, असोज १ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार हिमाञ्चल प्रदेशमा रहेको नाथ्पा झाँक्री जलविद्युत् आयोजनाको स्थलगत् अवलोकन गरेका छन् ।

प्रधानमन्त्री दाहाल सो आयोजनाको अवलोकनका लागि चन्डीगढ विमानस्थल हुँदै आयोजनास्थल पुगेका थिए ।

प्रधानमन्त्री दाहालको स्वागतमा सडकका दायाँबायाँ ‘नेपाल–भारत सम्बन्ध अमर रहोस्’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

कुल एक हजार ५०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भारतको अग्रणी जलविद्युत् आयोजनामा पर्दछ ।

स्थलगत् अवलोकनकाक्रममा प्रधानमन्त्रीले उक्त आयोजनाको निर्माणको कौशल र सीपलाई नेपालले अनुशरण गरेर जलविद्युत् क्षेत्रमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

आयोजनाका प्राविधिक तथा प्रतिनिधिले परियोजनाकाबारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भौतिक पूर्वाधारको विकासका क्षेत्रमा उक्त आयोजना एक विशिष्ठ आयोजनामध्ये एक रहेको र नेपालले त्यसबाट धेरै सिक्नसक्ने जानकारी दिए ।

आयोजनाको स्थलगत् अवलोकनमा गएका नेकपा माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले उक्त आयोजना भौतिक पूर्वाधारको अनुकरणीय नमुना रहेको बताए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले पनि आयोजना र त्यसको सीप एवं प्राविधिक पक्ष नेपालले सिक्नुपर्ने खालको रहेको बताए ।

Skip This