२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


अर्घाखाँचीमा जिप खस्यो, तीनजनाको मृत्यु, १५ घाइते (अपडेट)


0
Shares

सागर महत (इमेज)

अर्घाखाँची, चैत २५ । अर्घाखाँचीको नुवाकोटमा सोमबार एक यात्रीवहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् ।

भूमिकास्थान नगरपालिका–८, नुवाकोटको लात्तेबाजमा लु१ज १२२९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी प्यूठानको ऐरावती गाउँपालिका–२ का ५० वर्षीय धनबहादुर राना, सोही ठाउँकी १४ वर्षीया मनीया आचार्य र सन्धिखर्क नगरपालिकाकी ६ वर्षीया बालिका प्रिन्सा श्रेष्ठको मुत्यु भएको जनाइएको छ ।

घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ । घाइते सातजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।

सन्धिखर्कबाट प्यूठानको बरौला जाँदै गरेको जिप सडकबाट झन्डै १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा १८ जना यात्री सवार थिए ।