Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


उन्नाइस वर्षभित्रै पच्चीस प्रतिशत महिलाको विवाह


0
Shares

रसुवा, असोज २। स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिबार पत्रकार सम्मेलन गरी परिवार नियोजनसम्बन्धी भएगरेका कामको सार्वजनिक गर्दै स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या गत आर्थिक वर्षमा १० जना मात्र रहेको बताएको छ । रसुवामा पुरुषको सङ्ख्या २५ हजारको हाराहारीमा रहेको छ ।

परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्या भने १९ प्रतिशत रहेको छ ।

महिलाले डिपो तथा (पाखुरामा राखिने) इम्प्लान्ट साधन प्रयोग गरिरहे पनि १२ वर्षका लागि ढुक्कसाथ पाठेघरभित्र राखिने आइयुसिडीको सङ्ख्या शून्य भएकाले चेतना वृद्धि विकास गर्न जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य क्षेत्रअन्तर्गत सहयोगी भूमिका निर्वाह गर्दै आएका गैससहरु अगाडि बढिरहेको बताउँदै वरिष्ठ जिल्ला स्वास्थ्य प्रमुख डाक्टर विवेककुमार लालले निर्धक्कसाथ आइयुसिडी प्रयोग गर्न आग्रह गर्दै गर्भधारण गर्न चाहेमा तुरुन्त झिक्न सकिने बताए ।

यस्तै २० वर्षपारि विवाहवारी भन्ने कानुनी मान्यता भए पनि २५ प्रतिशत युवायुवतीले १५ देखि १९ वर्षभित्रै विवाह गर्ने गरेको पाइएको एक अध्ययनले देखाएको बताइएको छ । रासस

Skip This