कञ्चनपुर, असोज २ । सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरुले नै धर्ना दिएका छन् ।
विश्वविद्यालयमा सामान्य भौतिक पूर्वाधारसमेत नभएको र दुई महिनादेखि सेवा आयोगमा लगाएको ताला खोल्नुपर्ने माग गर्दै उनीहरुले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
तालाबन्दी भएको दुई महिना हुँदासम्म ताला खुलाउन विश्वविद्यालय प्रशासन र सम्बन्धित निकायले कुनै पहल नगरेको आरोप उनीहरुको छ । अहिलेसम्म विज्ञान संकायका लागि कक्षा कोठा, बस्ने कुर्सी र प्रयोगशालासमेत नभएकाले पठनपाठनमा अवरोध र प्राध्यापकलाई समस्या भएकाले सांकेतिक रुपमा धर्ना र पेनडाउन गरिएको सुदूरपश्चिम विश्वविद्यालय विज्ञान संकायका प्राध्यापक यज्ञराज जोशीले बताए ।
सम्बन्धित पक्षले मागको बेवास्ता गरे मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्