१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


मानसरोवर जाने तीर्थयात्रुहरुलाई लक्षित गर्दै बझाङबाट हुम्लाको हिल्सासम्म हेलिकप्टर सेवा


0
Shares

बझाङ, असार २५ । सस्तो खर्चमा कैलाश मानसरोवर दर्शन गर्न चाहने तीर्थयात्रुहरुलाई लक्षित गर्दै बझाङबाट हुम्लाको हिल्सासम्म हेलिकप्टर उडान शुरु भएको छ ।

बझाङको तल्कोट गाउँपालिकाको खौलाबाट हिल्सासम्म सफल परीक्षण उडान भएसँगै कैलास सेती टुर्स एण्ड ट्राभल प्रालिले सेवा सुरु गरेको हो ।

बझाङ–हिल्सा उडान सुरु भएपछि बझाङको बाटो भएर कैलाश मानसरोवर जाने यात्रीहरुले सुविधा पाउने कैलास सेती टुर्स एन्ड ट्राभलका अध्यक्ष किशोर कुमार सिंहले बताए । बझाङ–हिल्सा हेलिकप्टर उडानको निरन्तरतासँगै प्रदेश नं ७ मा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

दक्षिण भारतको समुन्द्र सतह नजिकबाट आएका पर्यटकहरु एक्कासी बढी उचाइमा पुग्दा लेक लागेर बिरामी हुने र मृत्युसमेत हुने गरेको समस्या बझाङको बाटो प्रयोग गर्दा कम हुने सिंहले बताए ।

अहिले नेपालका अन्य नाका प्रयोग गरेर कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय तथा नेपाली पर्यटकहरु यो नाकामा आकर्षित हुने सिंहको भनाइ छ ।

अहिले बर्षेनी हजारौं भारतीय पर्यटक हुम्ला, दार्चुला र केरुङ हुँदै कैलाश मानसरोवर दर्शनमा जाने गरेका छन् ।