
रुपन्देही, असोज २ । रुपन्देहीको सैनामैना नगरपालिका ७ स्थित सडकखण्डमा गुडिरहेको टिफरको तेलको ट्याङकी खसेर लाग्दा मोटरसाईकल चालकसहित २ जना घाईते भएका छन् ।
आइतबार दिउँसो साढे १२ बजे महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख ८७१५ नम्बरको टिफरको तेलको ट्याङकी खसेर विपरीत दिशाबाट आउँदै गरेको लु१३प १५१६ नम्बरको मोटरसाईकलमा लागेको थियो । ट्याङकीले लागेर मोटरसाईकल चालक सैनामैना–२ का ३६ वर्षीय केशवराज घिमिरे र पछाडि सवार ४० वर्षीय उदयराज खनाल गम्भिर घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि मरसिटी अस्पताल पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधनसहित टिफर चालकलाई ईलाका प्रहरी कार्यालय सालझन्डी रुपन्देहीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्