
सुनसरी, चैत २५ । धनकुटाको बुधबारेबाट धरानतर्फ आउँदै गरेको ना७ख २७१३ नम्बरको यात्रीवहाक बस सोमबार धरानको ‘जिरो पोइन्ट’ भन्ने स्थानमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोरङको केराबारी गाउँपालिका–९ की २० वर्षीया यमकुमारी मगर, उनकी पाँचमहिने छोरी डेनी मगर, धरानका बसका चालक चक्रबहादुर गुरुङ र धनकुटा, चौबिसेका ५६ वर्षीय दलबहादुर मगरको मुत्यु भएको हो ।
दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
बसमा क्षमताभन्दा बढी यात्री रहेको र बसको ‘ब्रेकफेल’ भएका कारण बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते हुने ३८ जनामा अधिकांश धनकुटाका रहेका छन् भने सुनसरी र मोरङका स्थानीयसमेत रहेका छन् ।
“
प्रतिक्रिया दिनुहोस्