७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


ट्रकसँग ठोक्कियो एम्बुलेन्स, एकजनाको मृत्यु


0
Shares

चितवन, असोज २ । पूर्वी चितवनको रत्ननगरपालिका–७ स्थित टिकौली जंगलमा आइतबार दिउँसो ट्रक र एम्बुलेन्स ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भरतपुरबाट टाँडी जाँदै गरेको ग२च १२७१ नम्बरको एम्बुलेन्सलाई ना६ख ४५७२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्समा सवार रत्ननगर–१ का ३० वर्षीय माधव चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य चारजना घाईते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।