४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


प्रधानमन्त्रीले राष्ट्रियतामाथि कलंकको टीका थापेको ओलीको आरोप


0
Shares

पोखरा, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबाट नेपाली राष्ट्रियतामाथि कलङ्कको टीका लगाएको आरोप लगाएका छन् ।

नेकपा एमाले प्रदेश नम्बर ४ को बृहत कार्यकर्ता भेला तथा बैठकको पोखरामा आइतबार उद्घाटन गर्दै ओलीले भारत भ्रमणका क्रममा गरिएका २५ बुँदे सम्झौता राष्ट्रहित विपरीत भएको जिकिर गरे ।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तीमै संविधान विरोधी कुरा समावेश गरिएको भन्दै उनले त्यस्तो हर्कतमा प्रधानमन्त्री दाहालले ल्याप्चे लगाएकोमा असन्तुष्टि पोखे ।

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले भारतले जे भन्यो त्यही मान्छु भनेर प्रधानमन्त्री दाहाल फर्किएको बताए । उनले संविधान संशोनसमेत भारतकै ईशाराअनुसार गर्ने प्रधानमन्त्रीले वचन दिएको आरोप लगाए ।