Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्रीको भारत भ्रमण सफल : अध्यक्ष मुरारका


0
Shares

काठमाडौं, असोज २ । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको जनाएको छ ।

भ्रमण राजनीतिक एवं आर्थिक दुबै हिसाबले सफल भएको जिकिर महासंघका अध्यक्ष पशुपति मुरारकाको छ ।

प्रधानमन्त्रीसँग भारत भ्रमण गरेर फर्किएपछि अध्यक्ष मुरारकाले भ्रमणले दुई देशबीच आत्मीयता बढाउन र आर्थिक विषयमा सकारात्मक सन्देश दिएको बताए ।

उनले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेको र प्रधानमन्त्रीले लगानीको वातावरण बनाउने प्रतिबद्धतासहित लगानीका लागि आह्वान गर्नु सकारात्मक रहेको बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले तत्काल देखिने गरी सो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।