काठमाडौं, असोज २ । गणतन्त्र स्थापना भएको नाममा सरकारले द्वन्द्वको घाउ बिर्सन खोजेको भन्दै द्वन्द्व पीडितले सरकारको ध्यानाकर्षण गराएका छन् ।
द्वन्द्वको एक दशक बितिसक्दा समेत पीडितले न्याय नपाएको तथा आयोग गठन गरिए पनि त्यसले पीडितको पक्षमा काम गर्न नसकेको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।
ललितपुरमा आइतबार द्वन्द्व पीडित साझा चौतारीले गरेको कार्यक्रममा सहभागी वक्ताहरुले संक्रमणकालीन न्याय प्रणालीसमेत पीडितको पक्षमा नरहेको बताए ।
सरकारले दुईवटा आयोग गठन गरे पनि आयोगका पदाधिकारी राजनीतिक भागबण्डामा आधारमा नियुक्त गरिँदा आयोगले गर्ने काममा आशंका उब्जिएको पीडितहरुको भनाई छ ।
उनीहरुले अझै पनि द्वन्द्वपीडित घर फर्कन नसक्नु, पहिचान खुलाउन नसक्नेजस्तो अवस्था रहेको भन्दै राज्यबाट न्याय पाउनेमा शंका बढेको बताए ।
कार्यक्रममा माओवादी द्वन्द्वका पीडित तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्