Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण अचानक रद्द


0
Shares

काठमाडौं, असोज ३ । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अचानक रद्द गरिएको छ । उनी सोमबार अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम थियो ।

आइतबार अबेर प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको सूचना जारी गरिएको हो ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन त्यसतर्फ जाने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको थियो ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार मधेशी, थारु, जनजातिका प्रतिनिधि लगायत आन्दोलनरत दलहरुले प्रधानमन्त्रीलाई अहिले विदेश भ्रमण गर्नुभन्दा उनीहरुका समस्या सम्बोधनमा ध्यान दिन आवाज उठाएको तथा वर्तमान अवस्थामा संविधान कार्यान्वयन र पुनर्निर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्यालाई समाधानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको ७१ औं साधारण सभामा भाग लिन प्रधानमन्त्री दाहाल जाने कार्यक्रम रद्द गरिएको हो ।