काठमाडौं, असोज ३ । आइतबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको छ ।
राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविसलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
दुई साताअघि दोलखा केन्दूविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।
गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म पनि परकम्पको क्रम रोकिएको छैन ।
गत वर्षको गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलमाथिका ४ सय ६९ परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्