२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


न्यूयोर्कमा आइतबार बिस्फोट भएको बम प्रेसर कुकर


0
Shares

काठमाडौं, असोज ३ । अमेरिकाको न्यूयोर्कमा आइतबार बिस्फोट भएको बम प्रेसर कुकर बम रहेको सरकारी अधिकारीले जनाएका छन् ।

न्यूयोर्कको म्यानहटनमा आइतबार विहान बम बिस्फोट भएको थियो । यस्तै नजिकै फेला परेको बम पनि प्रेसर कुकर बम नै रहेको घटनाको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका हुन् ।

बिस्फोटमा परि २९ जना घाइते भएका थिए । अहिलेसम्म २६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रहरीले बिस्फोट कसले गराएको हो भन्ने विषयमा छानबिन गरिरहेको छ । बिस्फोटको उद्देश्य अझै पत्तो लागेको छैन । अधिकारीले आक्रमण आतंककारी हुन सक्ने भन्दै छानबिन गरिरहेका छन् । (एजेन्सी)