ठाकुर बन्जाडे- “जहाँ जान्छौ ,प्रेम वाढ्दै जाउ । शुरुवात आफ्नै घरवाट गर । आफ्ना वच्चा , पतिपत्नी , छिमेकीलाई प्रेम गर । जो तिमिलाई भेट्न आउँछ ऊ पहिलाको भन्दा खुसी भएर फर्कियोस् । ईश्वरको दयालु पनाको जिवित उदारण वन । दयालु पना तिम्रो सम्र्पूण व्यक्तित्व , तिम्रो अनुहार ,आँखा , मुस्कुराहट र शव्दमा झल्किनु पर्दछ ।” – मदर टेरेसा
प्रेम अङ्ग्रेजी भाषामा सवैभन्दा महत्वपूर्ण र तनावयूक्त शब्द मानिन्छ । प्रेम घरवाट सुरु हुन्छ र प्रेमबाटै घर चलाउन सकिन्छ । दार्शनिक र धार्मिक ग्रन्थहरुमा प्रेमलाई महत्वपूर्ण स्थान दिइएको पाइन्छ । मानिस सामाजिक र चेतनशील प्राणि भएकाले पहिलो भावनात्मक आवश्यकता आफुलाई प्रेम गरुन् भन्ने नै हो । प्रेमका लागि असम्भव लाग्ने कार्यहरु पनि सम्भव भएर आउछन् । प्रेम वियोगी कार्यहरु अत्यन्तै डरलाग्दा र अफ्ठ्यारा भईदिने गर्दछन् । प्रेममा सानातिना गल्ती , कमजोरीहरुलाई इङ्गीत गरिदैन तर भइहाले माफी दिने प्रचलन अत्यन्तै वढी हुन्छ ।
भनिन्छ – माफी भावना होइन प्रतिवद्धता हो । माफी प्रेमको अभिव्यक्ति पनि हो । प्रेमले हरेक कुरालाई आग्रह गर्दछ , माफ गर्दैन तसर्थ जीवनका गहनतम् अर्थ उपलब्धीमा होईन , सम्वन्धमा हुन्छ । जहाँ प्रेम हुन्छ , त्यहाँ विश्वास र प्रशंशा हुन्छ । भनिन्छ – एउटा राम्रो प्रशंशाले दुई महिनासम्म जीवन यापनमा सहज र सरल हुन्छ । यसको अर्थ हुन्छ कि कुल ६ वटा प्रशंशात्मक वाक्यको माला गाँस्न सके एक वर्षसम्म भावनात्मक प्रेम गाढा हुन्छ ।
प्राचीन हिव्रु वौद्धिक साहित्यका लेखक सालोभनकै शव्दमा जिव्रोमा जीवन र मृत्यु प्रदान गर्ने अन्तरनिहित शक्ति लुकेको हुन्छ । दाम्पत्य जीवनको रेसमा दौडिरहेका दम्पतीहरु यसरी प्रेमको सागर भरिभराउ राखिरहन सकिन्छ भन्ने कुरामा विश्वास गर्न नसक्दा प्रेमको सागर खाली हुन जान्छ । मनमा सङ्र्किणताको वास हुन जान्छ । फलस्वरुप हृदय दुःखी हुन्छ । अनि मानिस असफलताको पाटो तर्फ वढ्न विवस हुन्छ , भने राम्रो सकारात्मक शब्दले मानिसलाई सफलताको शिखरतर्फ अगाडि वढ्न अभिप्रेरित गर्दछ । प्रशंशाले भरिपूर्ण शव्दहरु प्रेमको शसक्त सम्प्रेशण हो । जस्तै –
१ ) तिमि यो सुटमा स्वर्गकी परीजस्तै देखिन्छौ ।
२) तिम्रा हातहरुले वनाएको परिकार जस्तो स्वादिस्ट आजसम्म मैले खाएको छैन
३) बच्चाहरुको स्याहार सुसारमा तिमी एक्लैले मात्र ध्यान दिएकोमा एक चुम्वन तिमिलाई ।
४) तिम्रालाई सघाउन नपाएकोमा क्षमा चाहान्छु । आदि इत्यादी यी र यस्तै शब्दहरुको लगातार प्रयोगमा अभ्यास हुने हा,े भने जीवनयापन अत्यन्तै सरल र सहज हुन्छ । कहिलेकाहिँ नकारात्मक शव्दहरु सुन्नु परेपनि त्यसलाई न्यूूनिकरण गरेर ग्रहण गर्ने वानिको विकास हुन्छ । जहाँ प्रेम हुन्छ त्यहा मिठास हुन्छ । विवाहपूर्वको प्रेमको कल्पनाले मात्रै पनि शरिरमा सकारात्मक तरङ्ग उत्पन्न गर्दछ आलिङ्गन सुख– दुःख साटासाट आदिको उत्कृष्ट आनन्दको मजाले सपनालाई समेत दृढ विश्वासी र प्रवल वनाउछ । साथै संसारमा प्रेम भन्दा ठुलो चिज छैन जस्तो लाग्दछ । तर विवाह पश्चात अधिकांश मानिसहरु भौतिक वस्तुहरु जोरजामतर्फ लाग्दछन् र प्रेमको वास्तविक अर्थलाई विर्सन पुग्दछन , यसो हुँदा आफ्नो र जीवनसाथीको प्रेमसागर खालि हुनजान्छ । जसले गर्दा भावनात्मक प्रेममा कलह सुरु हुन्छ ।
लामो समयसम्म यसरी नै कलह वढ्दै जादाँ सुमधुर सम्वन्धले सम्वन्ध विच्छेदको ढोका ढकढक्याउन पुग्दछ । तर्सथ भौतिक वस्तुहरु कहिलेपनि मानिसको भावनात्मक प्रेमको विकल्प हुन सक्दैन । अधिकांश मानिसहरु सेक्सलाई भावनात्मक प्रेम ठान्दछन् तर सेक्स र भावनात्मक प्रेम अलग पाटा हुन् । रातमा बिस्तारामा प्रेमको नाटक गर्दै एकल रुपमा यौनवासना तृप्ती गर्नु घृणित कार्य हो साथै वाशनात्मक प्रेमभन्दा भावनात्मक प्रेम धेरै गुणा शक्तिशाली हुन्छ ।
वास्तवमा प्रेमपूर्ण व्यवहार के हो ? विवाह पश्चातका दिनहरुमा प्रेममा किन कमि आउछ ? किन मानिसहरु प्रेमलाई जीवन्तता दिन सक्दैनन् ? मानिसहरु किन सम्वन्धविच्छेद गर्दछन ?
विवाह पश्चातका दिनहरुमा प्रेम जिवन्त रहन सक्छ ? भने कसरी ? यदि विवाह पश्चात पतिपत्नी वीच प्रयोग गरिने प्रेमभाषा सहि भएमा अथवा त्यसको उत्तर आफैभित्र खोज्न सफल भएमा भावनात्मक प्रेमरुपी सागर भरिभराउ हुने निश्चीत छ । आफ्नो जिवनसाथीमा कुनै प्रतिभा पो लुकेको छ कि ? सायद सोहि प्रतिभा तपाइको मुखवाट प्रस्फुटित सकारात्मक शव्दहरुको प्रतिक्षामा पो छ कि ? सकारात्मक शव्दको प्रयोगले तपाइको जिवनसाथीको प्रगतिका पाइलाहरु अगाडि वढाउन साहस र प्रेरणा मिल्न सक्छ ।
यदि यसो भएमा वास्तविक जिन्दगीको सपनालाई सकारात्मक रुप दिन सक्नेछ । तसर्थ दापत्य जिन्दगीलाई एनकेन धकेलिरहेका अथवा राम्रोसँग चलाइरहेका दम्पतीहरु सवैले विनासंकोच आफ्नो जीवनसाथीको प्रेमभाषा वुझ्न निपूर्ण हुन्छ । उसको प्रेमको सागर भरिभराउ हुन जान्छ । दिनहरु सुनौला भई वित्नेछन् । एक आपसमा प्रेमभाषा वुझ्न कसैले पनि कन्जुस्याइ नगरौँ र हरेकको प्रेमको सागरलाई सदैव भरिभराउ राख्न हर प्रयास जारी राखौँ । माथि भनिएका दुई काम भएमा हरेकको प्रेम मौलाउदै र झाङ्गीदै जानेछ । भावनात्मक प्रेमले सगरमाथाको शिखर चुम्न सफल हुनेछ । वैवाहिक जीवनमा हमेशा आनन्द प्राप्त हुने छ ।
प्रतिक्रिया दिनुहोस्