९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


आकाशे पानी पिएर बाँचेका छन् धनकुटाका ३४ परिवार


0
Shares

धनकुटा, असोज ४ । धनकुटाको डाँडाबजार–१ ओख्रेका बासिन्दा आकासे पानी संकलन गरेर पिउन बाध्य भएका छन् ।

गाउँ वरिपरी पानीको मुहान नभएपछि त्यहाँका ३४ परिवार आकासे पानी संकलन गरी पिउन बाध्य भएका हुन् ।

आकासे पानी संकलनका लागि २०५७ सालमा निवा संघ नामक संस्थाले त्यहाँका २७ घरमा करिब २५ सय लिटर पानी अट्ने ट्यांकी निर्माण गरिदिएको थियो ।

बर्खाको समयमा गाउँनजिकै पानीको मूल फुट्ने गरे पनि सुख्खा समयमा स्थानीयले आकासे पानी संकलन गरेर ट्यांकीमा जम्मा गरी पिउने गरेका छन् ।