
रसुवा, असोज ४ । पासाङ ल्यामु राजमार्गअन्तर्गत स्याफ्रुबेसी-रसुवागढी सडकखण्डमा गएको पहिरो पन्छाइएपछि आजबाट यातायात सुचारु भएको छ ।
सडकखण्डअन्तर्गत वृद्विमको लिङलिङमा नौ दिनअघि झरेको पहिरो नेपाली सेनाले पन्छाएपछि यातायात सुचारु भएको हो ।
ठूला चट्टान भएकाले बिष्फोटक पदार्थ प्रयोग गरी सडक डिभिजन कार्यालय र रसुवागढी जलबिद्युत आयोजनको ईस्काभेटरको सहायताबाट सेनाले सडक सुचारु गरेको हो ।
लिङलिङ इलाका क्षेत्रमा पहिरो खसेपछि नेपाल–चीनबीचको व्यापारिक कारोबार ठप्प बनेको थियो ।
सडक सुचारु भएपछि केरुङबाट सामान लिई आएका करिव २ सय ट्रक, कन्टेनर, सार्वजनिक यातायातका साधन तथा पर्यटकका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्