Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्रीले भारतमा रेशम चौधरी भेटेको विषयमा यसरी दिइयो स्पष्टीकरण


0
Shares

                                                      फाइल फोटो

काठमाडौं, असोज ४ । भारत भ्रमणकाबेला प्रधानमन्त्री पुष्पकमल दाहालको एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पस्ट पारे ।

उनले भने–‘सार्वजनिक कार्यक्रममा को–को आए ? के मनसायले आए ? भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीका–टिप्पणी गर्नु उपयुक्त हुँदैन ।’

आचार्यकाअनुसार प्रधानमन्त्री दाहालले हात मिलाएपनि चौधरीसँग कुनै कुरा गरेका थिएनन् । रासस

Skip This