३० असार २०८२, सोमबार | Tue Jul 15 2025


यी हुन संसारका धनाढ्य महिलाः कसको सम्पत्ति कति ?


0
Shares

काठमाडौं । संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीबीच सम्बन्धविच्छेद भएसँगै संसारका धनाढ्य महिलाको सूचीमा परिवर्तन भएको छ ।

हालै सम्बन्धविच्छेद गरेकी म्याकेन्जीले बेजोसको सम्पत्तिबाट करिब ४० खर्ब रूपैयाँ पाउने भएपछि उनी संसारकै धनी महिलाको तेस्रो स्थानमा परेकी छन् ।

यसअघि धनी महिलाको सूचीमा २४ औं स्थानमा थिइन् । संसारकै अर्की धनी महिला हुन्, फ्रान्सियोस बेटनेकोट मेयेर्स । उनको कुल सम्पत्ति ४९ दशमलव ३ अर्ब अमेरिकी डलर छ ।

जुन नेपाली करिब ५५ खर्ब रूपैयाँ बराबर हो । उनी संसारकी १५ औं धनाढ्य हुन् । मेयेर्स फ्रान्सेली हुन् ।

उनको पारिवारिक कम्पनी लोरेल कस्मेटिक्समा उनको ३३ प्रतिशत हिस्सा छ ।

विश्वकै धनी दोस्रो महिला हुन् एलिस वाल्टन । उनको सम्पत्ति ४४ दशमलव ४ बिलियन अमेरिकी डलर छ । उनी संसारकी १७ औं धनाढ्य हुन् ।

६९ वर्षीय एलिस अमेरिकी सुपरमार्केट वाल मार्टका संस्थापक साम वाल्टनकी छोरी हुन् ।

तेस्रो स्थानमा म्याकेन्जी बेजोस पुगेकी छन् । उनले अमेजनबाट ३ दशमलव ६ अर्ब अमेरिकी डलर पाएकी छन् ।(एजेन्सी)