९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


६ लाख खर्चेर शिक्षकको शव घर लगियो


0
Shares

डोल्पा, असोज ४ । उपल्लो डोल्पामा मृत्यु भएका एक शिक्षकको शव रु ६लाख खर्च गरी ६ दिनपछि मंगलबार हेलिकोप्टरबाट घर लगिएको छ ।

सल्यान दारमाकोट–५ का दशरथ चन्दको शव हेलिकोप्टर चार्टर गरी लगिएको हो । चन्दको जन्डिसका कारण गत भदौ ३० गते मृत्यु भएको थियो ।

उनी साल्दाङ–८ स्थित दशरथ चन्द प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

उनको शव घर लैजान जिल्ला शिक्षा समितिले रु तीन लाख, सभासद धनबहादुर बुढाले रु एक लाख र साल्दाङ गाविसले रु दुई लाख आर्थिक सहयोग गरेका थिए ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काकाअनुसार मौसम खराबीका कारण शव घर लैजान ढिलाइ भएको हो ।

चन्दको शव विद्यालयबाट एकदिनको पैदल दूरीमा बोकेर प्रहरीले धो गाविससम्म ल्याइपुर्‍याएको थियो । रासस