२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


बिरामी बोकेको सुमो दुर्घटना, बिरामीको मृत्यु


0
Shares

खोटाङ, चैत २५ । खोटाङको रावावेशी गाउँपालिका–३ चिउरीबास भन्ने स्थानमा बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबासबाट बिरामी बोकेर आइतबार लामीडाँडातर्फ जाँदै गरेको ना१ज  ७४४७  नम्बरको सुमो आफैँ अनियन्त्रित भई अपरान्ह साढे ४ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा सुमोमा सवार सोही स्थान बस्ने बिरामी बर्ष ५० को नीरकुमार राई, बर्ष ४५ को प्रकाश राई र चालक बर्ष ४५ को गोपाल राई घाइते भई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लामीडाँडा लैजाने क्रममा नीर कुमार राईको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनामा घाइते दुवैजनालाई थप उपचारको लागि काठमाडौं पठाईएको उक्त कार्यालयले जनाएको छ ।