९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


‘संस्कार नै परिवर्तन जरुरी’


0
Shares

काठमाडौं, असोज ४ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले विश्व परिवर्तनका लागि परमात्मा ज्ञान कार्यक्रम आयोजना गरेको छ ।

विद्वुषि राजयोगिनी ब्रह्मकुमारी उर्मिला दिदीकोसमेत उपस्थिति रहेको कार्यक्रमको उद्घाटन गर्दै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकार परिवर्तनबाटमात्रै केही नहुने भन्दै मानिसको संस्कार नै परिवर्तन जरुरी भएको बताए ।

त्यसका लागि सबैभन्दा पहिले स्वयं परिवर्तन हुनुपर्ने भन्दै उनले स्वयं परिवर्तनका लागि परामात्मा ज्ञानको आवश्यक हुने बताए ।

सो अवसरमा माउन्ट आबुबाट आएकी राजयोगिनी दिदी उर्मिलाले मानव मनलाई शुद्ध बनाउन परामात्मा ज्ञान चाहिने बताइन् ।