९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


घरमै सुतिरहेका फकामीको चट्याङ लागेर मृत्यु


0
Shares

पर्वत, असोज ५ । मंगलबार राती वर्षासँगै परेको चट्याङ लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उत्तरी पर्वतको बनौँ गाविस–१ का ५० वर्षिय निलप्रसाद फकामी छन् ।

राती घरमै सुतिरहेका फकामीको चट्याङ लागे लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अरु सदस्य भने सकुशल छन् ।