
गुल्मी, असोज ५ । वर्षासंगै गएको पहिरोले एक ग्रील उद्योग पुरिंदा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जुनिया–५ का ३१ वर्षीय दुर्गाबहादुर थापा छन् । त्यस्तै सोही स्थानका खेमराज थापा, उनकी श्रीमती सुनिता, छोरी हीरा सहित वर्षा थापा र दिबरुङ –६ का दीपक थापा घाइते भएका छन् ।
मंगलबार राती शान्तिपुर गाउं विकास समिति वडा नम्बर १ बसपार्कमा गएको पहिरोले थापाले संचालन गर्दै आएको ग्रील उद्योग पुरिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण गुल्मीको विद्युत् सेवा समेत अवरुद्ध बनेको छ ।
प्रतिक्रिया दिनुहोस्