-कविराज घिमिरे, ईमेज
धनकुटा, असोज ५ । धनकुटामा बर्षौ अघिदेखि निर्माण गर्ने चर्चा चलेका पुराना र ठूला योजना हाल दलका चुनावी घोषणा पत्रमा मात्र सीमित बनेका छन् ।
चुनाव सकिएपछि यी योजनाको नत कतै कुरा उठ्छ नत हालसम्म निर्माण नै हुन सकेका छन् ।
दोस्रो संबिधानसभाको चुनावबाट संबिधान निर्माण भएसंगै धनकुटाका सबैजसो राजनीतिक दलको अर्को मुख्य घोषणा थियो, धनकुटामा बिमानस्थल निर्माण ।
२०२२ साल देखिनै बिमानस्थल निर्माणको चर्चा चलेको धनकुटामा प्रत्येक चुनावमा प्रत्येक राजनैतिक दलको घोषणा पत्रको मुख्य अंश बन्ने गरेको छ ।
बिमानस्थल जस्तै २०३९ साल देखि चर्चा चलेको औधोगिक क्षेत्र, २०३८ सालमै चर्चा चलेको क्षेत्रीय अस्पताल निर्माण गर्न पहल गर्ने पनि राजनैतिक दलको प्रत्येक चुनावको समयमा भोट माग्ने मुख्य बिषय बन्ने गरेका छन् ।
यी बाहेक रिङरोड, सित भण्डार, महत्वपुर्ण सडक, कृषि बिश्वबिद्यालय एक न एक राजनैतिकदलको मुख्य चुनाबी नारा बन्ने गरेका छन् ।
तर, ति योजनामा हालसम्म वरको सिन्को पर सार्ने सम्मको काम भएको छैन । दलहरुले चुनावमा आसा देखाउने तर देखाएको आसा अनुरुपको काम नगर्दा स्थानीय भने निरास बन्ने गरेका छन् ।
योजना जनदवावको कमि, निर्वाचित जनप्रतिनिधिको केन्द्रसँगको कमजोर पहँुच र सरकारी वेवास्ताका कारण चुनावी नारामा मात्र सिमित बन्ने गरेको स्थानीयको बुझाई छ ।
चुनावी घोषणा पत्र तथा भाषण गरिएका बिषय पुरा गर्नै पर्ने कुनै बाध्यकारी नियम नभएकाले चर्चा कमाउन तथा भोट माग्न मात्र यस्ता योजनाको चुनावमा मात्र चर्चा हुने गरेको धनकुटा बहुमुखि क्याम्पसका ग्रामिण बिकास बिषयका उपप्राध्यापक किरण घिमिरको विष्लेषण छ ।
यता जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधि भने आफुले गरेको बाचा पुरा गर्न तर्फ लागि परेको वताउंछन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिले बाचा पुरा गर्न लागि परेको बताए पनि काम भने केहि अघि बढेको देखिदैन ।
जसका कारण २०२२ साल देखिनै विमानस्थल निर्माणको चर्चा चलेको बेलहारा स्थीत फौजेटार जस्ताको तस्तै छ ।
२०३८ सालमै हिलेमा क्षेत्रीय अस्पतालको लागि अधिग्रहण गरिएको तथा २०३९ सालमा औधोगिक क्षेत्र स्थापनाको लागि अधिग्रहण गरिएको जग्गा बेवारीसे बनेका छन् ।
यी बाहेक धनकुटालाई मात्र नभई पूर्वी नेपाललाई नै फाईदा पुग्ने अन्य योजनाको लागि अधिग्रहण गरिएको सयौं रोपनी जग्गाको अबस्था पनी उस्तै छ ।
त्यसैले बाचा गरिएको कुरा पुरा गर्न तर्फ नेता तथा राजनैतिक दलको ध्यान जान जरुरी छ ।





प्रतिक्रिया दिनुहोस्