९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


भारतीय तस्करको जालमा पर्दा दुई प्रहरी रक्सौलमा पक्राउ


0
Shares

अनिल तिवारी
वीरगंज, असोज ५ । सीमावर्ती शहर रक्सौलमा भारतीय सुरक्षाकर्मीले दुईजना नेपाली प्रहरीलाई नियन्त्रणमा लिएको छ । रक्सौलबाट बीरगन्जतर्फ मोटरसाइकलमा आइरहेको अवस्थामा मंगलबार साँझ पर्साको अमरपटी चौकीमा कार्यरत दुवै जनालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रयमा लिएको हो ।

चेकजाँचको क्रममा मोटरसाइकलबाट लागू पदार्थजस्तो समान बरामद भएका कारण अमरपटी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद साह र हवल्दार जयसी लाल प्रसादलाइै एसएसबीले नियन्त्रमा लिएको हो ।

एसएसबी पन्टोका पोस्टका इन्चार्ज दीपककुमार यादवले दुई नेपाली प्रहरीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनीहरुका साथबाट बरामद बस्तु नक्कली भएको उल्लेख गर्दै यादवले स्थानीय एक तस्करको गलत खबरको कारण दुबै जनालाई पक्राउ गरिएको खुलासा गरे ।

यादवका अनुसार पक्राउ परेका दुबै नेपाली प्रहरीलाई राति नै रिहा गरिएको छ ।

स्थानीय कारोबारी परमेश्वर प्रसाद भन्ने व्यक्तिले टिभी उपहार दिने बहानामा बोलाएर दुवै प्रहरीलाई फसाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि दुवैजनालाई एसएसबीले राति नै रिहा गरेको हो ।

पक्राउ परेका प्रहरी सहायक निरीक्षक प्रमोदप्रसादले कारोबारी रामेश्वर प्रसादको तस्करीको समान बरामद गरि कारवाही गरेकोले टिभी उपहार दिने बहानामा फसाउन षडयन्त्र गरिएको भारतीय प्रहरीको भनाइ रहको छ ।

सो घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठसँग जानकारी लिदाँ घटनाबारेमा अनभिज्ञता व्यक्त गर्दै आफ्ना सबै प्रहरी पर्सा मै रहेको बताए ।