Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने प्रधानमन्त्रीको भनाइ


0
Shares

अपडेट
काठमाडौं, असोज ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति–प्रक्रिया पूरा गर्ने नाममा गम्भीर अपराधमा संलग्नलाई छुट नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा बुधबार शान्ति तथा पुनःनिर्माण मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति–प्रक्रियालाई पूरा गर्न सबैखाले काम गर्न सरकार लागिरहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएकाहरुको छानबिन आयोगको कामलाई आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताए ।

उनले संविधानलाई अधिकतम् स्वीकार्य बनाउन कार्यान्वयनको जिम्मेवारी पूरा गरी छाड्ने अठोट व्यक्त गरे ।

कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले शान्ति–प्रक्रियासँग जोडिएका काम पूरा गर्न आयोग सक्रिय रहेको बताए ।

कार्यक्रममा स्थानीय शान्ति समिति पाँचथर, सिराहा, सिन्धुपाल्चोक, गोरखा, बाँके, सुर्खेत र कैलालीलाई शान्ति–प्रक्रियामा सघाउन उल्लेख्य काम गरेको भन्दै सम्मान गरियो ।

नेपालमा २०६२/०६३ मा भएको जनआन्दोलनपछि माओवादी र सरकारबीच शान्ति–सम्झौता भएको थियो ।

१० वर्षे माओवादी सशस्त्र हिंसा रोकिएपछि शान्ति–प्रक्रियाको व्यवस्थापनका काम भइरहेका छन् ।

Skip This