९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


लालीखर्कमा ट्रक दुर्घटना हुँदा पाँच जना घाईते


0
Shares

पाँचथर, असोज ५ । मेची राजमार्ग अन्र्तगत पाँचथरको फिदिम राँके सडकखण्ड लालीखर्कमा बुधबार विहान भएको ट्रक दुर्घटनामा पाँच जना घाईते भएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि झापाको विर्तामोड स्थित वि.एण्ड सि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अन्य घाइतेको पाँचथरको पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिए ।